एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा सुनिता बराल

काठमाडौँ – नेकपा एमालेले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र सुनिता बराललाई सचेतकमा नियुक्त गरेका हुन्।

बर्तौला यसअघि एमालेका सचेतक थिए। प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो।

बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट आएका हुन्। बराल अनेरास्ववियुको पूर्वअध्यक्ष हुन्। बर्तौला उपाध्यक्षबाट बिदा भएका हुन्।

बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बराल समानुपातिक सांसद हुन्।