माधव नेपाल सरकारमा सहभागी हुन सकारात्मक

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ।

मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष  केपी ओलीसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो।

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताए। उनले यद्यपि नेकपा (एकीकृत समाजवादी) को बुधबारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पारे।

उनले भने, ‘हामीले उहाँलाई अनुरोध गरेका छौँ। भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ। सकारात्मक छ। यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ।’

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताए।