संघीयता कार्यान्वयनका लागि कानून निर्माणमा जोड दिन्छु : कानूनमन्त्री गिरी

काठमाडौं : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माणमा जोड दिने प्रतिक्रिया दिएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार साँझ पदभार ग्रहण गर्दै मन्त्री गिरीले मुलुकको विकास निर्माणमा सहयोग पुग्ने गरी कानुन निर्माणमा ध्यान दिने प्रतिबद्धता जनाए। उनले मन्त्रालयको समग्र कामकारबाहीलाई व्यवस्थित बनाउन आवश्यक कार्ययोजनाका साथ अगाडि बढ्ने बताए।

मन्त्री गिरीले एकीकृत कानूनी सहायतासम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को सिद्धान्त स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय गरे।

प्रस्तुत विधेयकमा नेपालको संविधानको धारा २० को उपधारा (१०) ले न्याय सम्बन्धी हकअन्तर्गत असमर्थ पक्षलाई कानूनबमोजिम निःशुल्क कानूनी सहायता पाउने हकको प्रत्याभूत गरेको तथा एकीकृत कानूनी सहायतासम्बन्धी नीति, २०७६ कार्यान्वयन गर्ने छ।