आगामी रणनीतिबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।

एकाएक प्रतिपक्षमा आइपुगेपछि संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ। संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझेदार परिवर्तन गरेसँगै कांग्रेस प्रतिपक्षमा आइपुगेको छ।