images
images

समाधान खोज्न सरकारमा आएका हौँ ,नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेका छौं-सन्तोष परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले भने, ‘प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।’

आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताए । ‘जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई आफ्ना पार्टीका सभापतिको पहलमा आफूहरूले हस्तक्षेप गरेको र नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले अहिलेको समयलाई अर्को ऐतिहासिक क्षण भएको बताए। ‘रास्वपा सदनमा आइरहँदा, यही रोस्ट्रमबाट पहिलोपटक बोलिरहँदाखेर, पार्टीका तर्फबाट आफ्ना विचारहरू राखिरहँदाखेर मैले भनेको थिएँ, हामी दुईचार जना व्यक्ति मात्रै आएका छैनौं। आजको समयको पेचिलो मुद्दाहरूलाई बुझेर समाज रुपान्तरणको विचारसहित नयाँ हस्तक्षेप गर्न आएका छौं भनेर हामीले भनेका थियौं’, उनले स्मरण गरे।

आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताए । ‘जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले आम नागरिकको सपनालाई जगाएको उल्लेख गर्दै सांसद परियारले सरकारमा रहेर जनताको हित गर्ने पार्टीको एक मात्र उद्देश्य रहेको बताए । उनले संसद्लाई सुसंस्कृत अभ्यास गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।