राष्ट्रिय सभाध्यक्ष निर्वाचन: दाहाल र शर्माले आज मनोनयन दर्ता गर्ने

​​राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुनेछ । बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिए संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजै साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले शर्मा र माओवादीले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धन सहजै जित्ने अवस्थामा छ ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनका तर्फबाट माओवादीको १७, एमालेको १०, नेकपा एकीकृत समाजवादीको ८ र लोसपाको ३ गरी ३८ सिट छ ।

कांग्रेसको १६ र लोसपाको एक सदस्य छन्