images
images
images

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता, लोसपाको साथ

राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्।

शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ।

उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन्