मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बस्नेछ । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

फागुन २१ मा तत्कालीन गठबन्धन फेरिएर एमाले सत्ता पक्ष बनेपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।आइतबार मात्रै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसहितले शपथ र पदभार ग्रहण गरेका छन्।