सरकार र मिटरब्याजी पीडितबीच चार बुँदे सहमति [ सहमति पत्र सहित ]

काठमाडौँ : सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच आज चार बुँदे सहमति भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग हिजो र आज भएको वार्ता सहमतिमा टुंगिएको हो। आज रातिको सहमतिसँगै समितिले आह्वान गरेको आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौँ आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।

उत्पीडित वर्गलाई राहत र क्षतिपूर्तिका लागी आगामी बजेटमा व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । सहमतिसँगै अहिले चलिरहेको आन्दोलन रोक्न पीडितहरु सहमत भएका छन् ।
सहमतिसँगै माघ १६ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन सकिएको छ। माघ १६ गतेदेखि पीडितहरू हिँडेरै काठमाडौँ आएका थिए।

21