images
images

श्रम मन्त्रालय प्रवक्ताको जिम्मेवारी रिजाललाई

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त भएका छन् । नवनियुक्त मन्त्री डोल प्रसाद अर्याल (डीपी) ले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि रोजगार व्यवस्थापन महाशाखा प्रमुख सह–सचिव राजिव पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।