सहकारी ठगीमा जोडिएका रवि लामिछानेबारे संसद्मा जवाफ दिन प्रधानमन्त्रीलाई कांग्रेसको अल्टिमेटम

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्रीका रूपमा जिम्मेवारी दिइएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ माग गरेको छ ।

रविलाई गृहमन्त्री बनाउँदा सहकारी ठगीको अनुसन्धान प्रभावित हुने कांग्रेसको चिन्ता छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले संसद्को अगामी बैठकमा प्रधानमन्त्रीको जवाफ नआए कांग्रेस कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।