रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

काठमाडौँ – रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्य भएको छ।

प‍रराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।