४ देशका राजदूतले राष्ट्रपतिसामु पेश गरे ओहदाको प्रमाणपत्र

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूतका साथै पोर्चुगल, भेनेजुएला र मंगोलियाका गैरआवासीय राजदूतहरुले आ–आफ्ना ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मंगोलियाका गैरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे।

समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत सरकारका उच्चपदस्थ अधिकारीहरुसमेत उपस्थित रहेका थिए।