माओवादी स्थायी समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ ।

बैठक आज शुक्रबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल हुनेछ । साथै, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल-पहाड-तराई अभियानको तयारी लगायतमा छलफल हुनेछ ।