गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडाेँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्।

बिहीबार जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझाएको प्रतिवेदन लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगको प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी जुनसुकै दोषीलाई उन्मुक्ति नदिने र निर्दोष नफस्ने वातावरण बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्।

सरकारले गत असोज १५ गते पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा सुन तस्करी सम्बन्धी जाँचबुझ, २०८० गठन गरेको थियो। आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए।