सीआईबीको प्रमुख परिवर्तन, ज्ञवालीलाई दिइयो जिम्मेवारी

काठमाडौँ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन् ।

ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।