पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौं- सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले धापासीबाट पक्राउ गरेको हो ।