चैत ६ गतेदेखि सुरु हुने गरि लोसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रीय समितिको  चैत ६ र ७ गतेका लागि बोलाइएको हो ।

महोत्तरीमा बस्ने बैठकले संगठन सुदृढीकरणका विषयमा छलफल गर्ने सचिव मनिष मिश्रले बताए ।

बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी भएको छैन । तर, मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा अझै सहभागी छ ।