सीके राउतलाई वीरगञ्जमा १०१ किलोको मालाले स्वागत

वीरगञ्ज – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई एक सय एक किलोको फूलको मालाले स्वागत गरिएको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनको लागि वीरगञ्ज आएका राउतलाई पार्टीका नेता कार्यकर्ताहरुले एक सय एक किलोको माला लगाएर स्वागत गरेका हुन्।

शनिबार र आइतबार गरी दुई दिनसम्म वीरगञ्जको क्लासिक बैंक्वेटमा जनतम पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्ने पार्टीका पर्साका सह ईन्चार्ज मुकेश द्विवेदीले जानकारी दिए।

दुई दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले जानकारी दिए।