नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयोः महन्थ ठाकुर

नेपालका अध्यक्ष महन्थ ठाकुर नेपामला लोकतन्त्र आए पनि चालचलन गोरखाली सम्राज्यवादको भएको बताएका छन्।

सहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित सहिद केशव कोइरालाको शालिक अनावरण कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदको उपेक्षा भएको बताए।

उनले आफूहरुको अपमान गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नजाने बताए। उनले लोकतन्त्रमा जनतामा अधिकार हुने र सबैभन्दा माथि पनि जनता नै रहने बताए।

उनले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्नेकुरा गलत रहेको भन्दै कुनैपनि बेला बिद्रोह हुनसक्ने चेतावनी दिए। उनले लोकतन्त्र सर्वोपरी भनेकै जनता रहेको जिकिर गरे।