images
images

मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने :मन्त्री श्रेष्ठ

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

 

 

आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटनका अवसरमा शनिवार मन्त्री श्रेष्ठले यस्तो चेतावनी दिएका हुन्। उनले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे भने खुलाएनन्।

साथै मन्त्री श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने बताएका छन्। मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रस्तावमा काम गर्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले दुई महिनाअघि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि खेलकुद मन्त्रालयमार्फत प्रस्ताव ल्याएका थिए। सोही प्रस्तावबारे नवनियुक्त मन्त्री श्रेष्ठले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।