काठमाडौं । कास्की जिल्लाको पोखरा सहरलाई पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको निरन्तर दबाब सिर्जना गर्दै आएको थियो । प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो ।