रास्वपाको मिसन भ्रष्टाचार अन्त्यः श्रममन्त्री अर्याल

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन्।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्ने रहेको बताए।

मन्त्री अर्यालले भने, ‘रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्नु हाे। साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो। त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ। हाम्रो योभन्दा बढी मिसन खासै छैन। त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ। समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन्।’

उनले जनताले राज्य र सरकार भएको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता पनि जनाए।