गृहमन्त्री लामिछानेको निजी सचिवमा पौडेल, प्रशासनमा सापकोटा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा उपसचिव नवराज पौडेल नियुक्त भएका छन् । मन्त्रालयमा रहेका पौडेलले आज पत्र बुझेका हुन् ।

यसैगरी कर्मचारी प्रशासन उपसचिव कृष्ण सापकोटा आएका छन् । उनले पनि आजै पत्र बुझेको जानकारी   प्राप्त भएको छ ।

सचिवालयलाई पूर्णता दिएसँगै कामले थप गति लिने विश्वास गरिएको छ ।

यस्तै टिकापुर इलाका प्रहरी कार्यालय सिन्धुलीका भुमिश्वर पोखरेललाई पठाइएको छ । लमजुङको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई गृह मन्त्रालय बोलाइएको छ ।