पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ( नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०ले रुपन्देहीबाट पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिश बमोजिम पक्राउ परेका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाडौँ ल्याउने तयारी भएको छ ।

पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो । साथै, महराका छोरा राहुल विद्युतीय चुरोट ९भेप० मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटी रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितलेले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।

छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि उनी प्रहरी निगरानीमा थिए । उनलाई प्रहरीको निगरानीमा राखिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेर कडायतले बताएका छन् ।

उनलाई रुपन्देहीको मायादेवी गाउँपालिकाको पकडी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।