पोखराको काहुँडाँडामा भीषण आगलागी

पोखरा- पोखराको काहुँडाँडामा भीषण आगलागी हुँदा मानव वस्ती जोखिममा परेको छ।

पोखरा-११, काहुँडाँडाको बतासे भन्ने जंगलमा सोमबार राति साढे ८ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन। जसका कारण स्थानीय भरत आचार्य लगायतको घर जोखिममा परेको स्थानीय दामोदर आचार्यले जानकारी दिए।

वडाध्यक्ष प्रेम कर्माचार्यका अनुसार मणिपाल शिक्षण अस्पतालदेखि केही माथिको जंगलमा आगलागी भएको र नियन्त्रणका लागि दमकल पुगेको भए पनि बाटोका कारणले समस्या कठिनाइ भएको छ।

नेपाली सेना र प्रहरीको टोली त्यस स्थानमा पुगेको छ।