बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे प्रतिनिधि सभा सदस्य एकनाथ ढकालद्वारा संसदमा प्रस्तुत संक्षिप्त धारणा :
सम्माननीय सभामुख ज्यू।
संसदमा पेश भएको बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै गर्दा यो छलफलको औचित्य माथिनै प्रश्न खडा भएको अवस्था छ। भूपू अर्थ मन्त्रीले पेश गर्नु भएको यो बिनियोजन बिधेयक वर्तमान अर्थमन्त्रीले स्वामित्व लिनु आबस्यक छैन र यसको व्यापक परिमार्जन तथा पुनर्लेखन गर्नु पर्छ।
यो बिधेयक संसदमा पेश हुदै गर्दा पर्यटन आवगमन र बिधुत उत्पादनमा केहि बृद्धि बाहेक नेपाली अर्थतन्त्रका अन्य प्राय सबै सूचकहरु सन्तोषजनक छैनन्। राजस्व संकल लक्ष अनुरुप नहुनु , वितिय क्षेत्र अन्तर्गत सहकारी र लघुवितमा गम्भीर समस्या देखिनु ,ऋणको दायित्व भुक्तानी गर्न ठुलो रकम छुट्याउनु पर्ने, संकलित राजस्वले अनिबार्य दायित्व धन्न नसक्ने, ब्यापार घाटा लगाएतका कारण वर्तमान नेपाली अर्थतन्त्र चुनौतिपूर्ण छ भन्ने देखिन्छ। अब यी वर्तमान अर्थतन्त्रका चुनौतीहरुको समाधान गर्न उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उत्पादनको विकास र रोजगारीको सृजना गर्ने, गरिबी निवारण गर्ने, दिगो बिकासका लक्ष हासिल गर्न सक्ने बजेट अहिलेको आबस्यकता रहेकोमा यस बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु यो आबस्यकताको सम्बोधन गर्ने खालको छैन। त्यसैले यो बिनियोजन बिधेयक कर्मकाण्डी मात्र छ।
बिनियोजन विधेयकले २०२६ सम्म नेपाललाई विकाशील राष्ट्रमा स्तरोउन्नति गर्ने, २०२३० सम्म हाँसिल गर्नु पर्ने दिगो बिकासको लक्षको सन्दर्भ उल्लेख गरे पनि यसका सिद्धान्त र प्राथमिकता पुराना बिषयले मात्र स्थान पाएकोले यी लक्षहरु हासिल हुन सक्दैन ।
बिनियोजन विधेयकका सिद्धान्तमा उल्लेख गरिएका प्राय सबै बिषयहरु बिगतको निरन्तरता मात्र छ। परम्पराको निरन्तरताले मात्रै कसरि नया लक्षहरु हँसिल हुन सक्छ ? मलाई लाग्छकि यसका सिद्धान्तमा छुटाउन नहुने बिषयहरु भनेको, शान्ति संबेदनशील बिकासको अबधारणा (Peace Sensative Development Approach) हो। त्यसैगरी नैतिकवान समाजको सृजना र मानबिय मुल्यमान्यताको जगेर्ना पनि हो। आर्थिक विकास र सुशाशन प्राय सबै राजनैतिक दलको एजेन्डामा परेपनि बिकासको मोडेल र सुशाशनको मापदण्डमा दलहरु प्रष्ट हुनु पर्ने देखिन्छ। तसर्थ बिनियोजन विधेयकमा उल्लेखित पुराना अबधारणाले अहिलेको नयाँ आबस्यकताको परिपूर्ति गर्न सक्दैन ।
माननीय अर्थ मन्त्री ज्यू लाइ मेरो आग्रह छ कि यहाँले “शान्ति संबेदनशील बिकासको अबधारणा”, वातावरण मैत्री बिकासको अबधारणा” र “नैतिकवान समाजको सृजना” लाइ बिनियोजन विधेयकको सिद्धान्तमा समाबेश गरियोस। राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ र यहि बिन्दु वाट द्धन्दको बिजारोपण हुन्छ। सामाजिक न्याय र शान्ति प्रकृयाले सार्थकता पाउन पनि शान्ति संबेदनशील बिकासको अबधारणाको कार्यन्वयन आबस्यक रहेको माननीय अर्थमन्त्री ज्यू जानकार नै हुनुहुन्छ।
बिनियोजन विधेयकको प्राथमिकता तय गर्दा देशको आबस्यकता र सम्भावनालाई केन्द्रमा राख्नु पर्छ। नेपाल कृषि प्रधान देश हो र कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने पहिलो प्राथमिकता हुनु पर्छ।
दोश्रो प्राथमिकतामा पर्यटन क्षेत्रलाई राख्न सकिन्छ। पर्यटनको थप बिकासको लागि आबस्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै Hospitality Industries लाइ प्रोत्शाहन गरिनु पर्छ। खासगरी धार्मिक पर्यटकको बिकासमा उल्लेख्य योजना निर्माण गरिनु पर्छ। पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाइ पूर्ण क्षमतामा संचालन गरिनु पर्छ।
तेश्रो प्राथमिकतामा जलबिधुत विकास राख्न सकिन्छ। जलाशययुक्त बुढी गण्डकी जलबिधुत आयोजनालाइ सबैभन्दा प्राथमिकतामा राखी यथा सिघ्र निर्माण कार्यको थालनी गर्नु पर्छ।
तसर्थ माननीय आर्थ मन्त्री ज्यू लाइ मेरो आग्रह छ कि सामाजिक सदभाव, ऎक्यबद्धता र भाइचाराको अभिबृद्धि गर्न एक “अन्तरधार्मिक तथा अन्तर-सास्कृतिक आयोग” गठन गर्ने सोच अघि बढाऊन सकिन्छ। नैतिकवान समाज सृजनाको लागि बिद्धालय स्तर वाट नैतिक शिक्षा लागु गर्न सकिन्छ। पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न व्यापक जनचेतना तथा असल पारिवारिक शिक्षा प्रदान गर्न सकिन्छ। अधिकार र स्वतन्त्रताको नामवाट नेपाल प्रवेश गरेको पश्चिमी हावाले हाम्रा असल पारिवारिक मुल्यमान्यताको बिखन्डन गरेको प्रति सरकार सचेत हुनु पर्छ। परिवार बिखन्डन गर्ने र प्राकृतिक मूल्यमान्यता बिपरितका क्रियाकलापमा बैदेशिक funding हुने कुरा रोकिनु पर्छ र सरकार परिवार मजबुत बनाउने कार्यमा लग्नु पर्छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष हँसिल गर्न आगामी बजेट केन्द्रित हुनु पर्छ। १५औँ पञ्चवर्षीय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिको लागि समृद्धिका ३२ वटा सूचक र सुखका २३ वटा सूचक गरि ५५ सूचक सार्वजनिक गरेको थियो । आगामी बजेट यसकै वरिपरिमा आउने बिश्वाश ब्यक्त गर्दछु।
धन्यबाद।
एकनाथ ढकाल
प्रतिनिधि सभा सदस्य – संघिय संसद