बागलुङ दुर्घटना : उद्धार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस बाग्लुङको निसीखोलामा दुर्घटनाग्रस्त भई ८ जनाको मृत्यु र २४ जना घाइते भएकोप्रति दुख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा ज्यान गुमाउने यात्रुहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।

उनले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु ।’