सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता छैन, कांग्रेसमा नैतिकताको खडेरी देखियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न नभएको दाबी गरेका छन्। कान्तिपुर टीभीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले उजुरी पर्दैमा दोषी भन्न नमिल्ने बताए।

उनको भनाइ जस्ताको तस्तैः 

रवि लामिछानेको बारेमा जुन चर्चा भएको छ त्यो प्रमाणित भएको पनि छैन। त्यस्तो आधार पनि छैन। एउटा उजुरी पोखरामा परेको छ। उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने या मन्त्री छाड्नुपर्ने हुँदैन। उजुरी त जसको बारेमा जहाँपनि पर्नसक्छ। 

कांग्रेसले अहिले आएर हट्नुपर्छ भन्ने कुराले कांग्रेसमा नैतिकताको ठूलै खडेरी परेको देख्छु। सदन अवरुद्ध गरेर जान खोज्नुभएको छ त्यसले उहाँहरुलाई केही गर्दैन। म सदनमा बोल्दैछु यो बिषयमा। सरकारी र रवि लामिछानेको बिषयमा पनि। मैले अनुसन्धानकर्ताहरुसँग बुझिपनि सके। रविको कुनै संलग्नता छैन। 

मानिसहरुमा भएको कम्फ्युजन क्लियर गर्नुपर्नेछ। तर, जसले हेरिरहेको छ उहाँहरुले मलाई रविको सहकारीमा कुनै सलग्नता छैन भनेको रिपोर्ट मलाई नै आएको छ। म विस्तारमा संसदमा जवाफ दिन्छु। रवि आफूतिर आए प्रधानमन्त्री नै अफर गर्दै हिँड्न आफूतिर आएन भने गृहमन्त्री छाड्नुपर्छ भन्ने कस्तो नैतिकता भयो र?