माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा महराको विषयमा गम्भीर छलफल

काठमाडौँ( नेकपा माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ प्रकरणमा छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताए ।

सुन प्रकरणमा सोमवार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।

उनले भने,’तपाईँहरुले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ । हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ । यसका हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । छलफल जारी छ । छिटोभन्दा छिटो निस्कर्षमा पुग्छौँ ।’

उनले महरा पक्राउ परेको सम्बन्धमा विविध पक्षबाट छलफल भएको र पार्टीको अर्को पदाधिकारी बैठकले महराको विषयमा आधिकारिक रुपमा टुंगो लगाउने बताए ।

यसरी पक्राउ परेका थिए महरा

हिजो सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले कपिलवस्तुबाट पक्राउ गरेको हो ।

अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिस बमोजिम पक्राउ परेका महरालाई यति एअरलाइन्सको जहाजबाट काठमाडौँ ल्याइउको हो ।

पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो। महराका छोरा राहुल विद्युतीय चुरोट ९भेप० मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । सोही प्रकरणमा हिजो स्वयम् महरा पनि पक्राउ परेका हुन् ।

यस प्रकरणमा महराको संलग्नताको आशंका गरिएर उनीमाथि सिआइबीले अनुसन्धान थालेको थियो । तर, तत्कालीन प्रमुख किरण बज्राचार्य नेतृत्वको अनुसन्धान टोलीले अनुसन्धानमा त्रुटि रहेको भनी छानबिन समितिले निष्कर्ष निकालेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।

छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएलगत्तै उनी प्रहरी निगरानीमा थिए । उनलाई प्रहरीको निगरानीमा राखिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेर कडायतले बताएका हुन् ।

उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।