images
images

यस्तो छ पाँच दलीय गठबन्धनको साझा संकल्प र प्राथमिकता; कुनै पनि कालखण्डको भ्रष्टाचारमा कारबाही (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ ।  मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।  

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।