लोसपाको केन्द्रिय समिति बैठक बर्दिवासमा सुरू

महाेत्तरी । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिकाे बैठक महोत्तरीको बर्दिवासमा प्रारम्भ भएको छ ।

नेताहरु  जितेन्द्र सोनल, सर्वेन्द्र सुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रिय बैठक जारी रहने लोसपा नेपालले जनाएको छ ।

सवै नेताहरुले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरुले राय सहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन हुने प्रबक्ता आभाष लाभले जानकारी दिए ।

बैठकमा केन्द्रिय समितिका ३११ सदस्य मध्ये २०१ जना भन्दा बढी सहभागी भएका छन । ‘केन्द्रिय पदाधिकारीका ६४ जना भने सवै सहभागी भएका छन,’ प्रवक्ता लाभले भने, ‘७ गतेसम्म चल्ने बैठक निक्कै उपलब्धिमुलक हुने बिस्वास गरिएको छ ।’

बरिष्ठ उपाध्यक्ष समेत रहेका जितेन्द्र सोनलले संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन भने बरिष्ठ स-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पछिल्लो राजनीतिका अवधारणामा केन्द्रित भएका छन ।

यता रामप्रकाश चौधरीले पार्टीको अन्तरिम बिधान बम्मोजिम गठन भएका २५ वटा भात्रृ संगठन र सुभेच्छुक ८ वटा संगठन गरी ३३ वटा संगठनको प्रतिवेदन प्रस्तुत गरेका छन । अन्य संगठनहरु विधानअनुसार नै पूर्णता पाएता पनि लोकतान्त्रिक निजामति कर्मचारी संघको बिषय भने छलफलको लागि अगाडी सारिएको छ ।