गृहमन्त्री लामिछानेमाथि छानबिन समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद ईश्वरी न्यौपानेले सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान हुनुपर्ने बताइन्। अनधिकृत रूपमा सहकारीबाट पैसा लिइएका मानिसलाई कारबाही गरिनुपर्ने पनि उनले बताइन्।

‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडी संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रश्तुत हुनुभयो । पेट काटेर चार-चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्दाखेरी सरकार चल्छ ? त्यो कदापी पनि हुन सक्दैन ।’

उनले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताइन् । उनले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने बताएकी हुन् ।

छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ।