इलाम-२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

इलाम । आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा इलाम–२ मा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस भएका छन् ।

कांग्रेसको इलाम-२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले बताए ।

आएका नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ र प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउने उपसभापति देवानले बताए ।