images
images
images

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेसहित १८ जनाविरुद्ध राज्य व्यवस्थासमितिमा उजुरी

काठमाडौँ( सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड ठगी प्रकरणमा १८ जनाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने, पूर्व उप(राष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत १८ जना विरुद्धको मुद्दामा बिहीबार उजुरी परेको हो ।

रविसहित केही व्यक्ति र संस्थाले पोखरास्थित सूर्यदर्शन सहकारीबाट करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको भन्दै उनीहरूमाथि उजुरी परेको हो ।

सहकारी पीडितले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही १६ जना व्यक्ति तथा संस्थाकाविरुद्धमा उजुरी दिएका थिए ।

यता, रविले आफ्नो संलग्नता नरहेको स्पष्टिकरण दिइरहँदा सरकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । भेटमा सहकारीमा संलग्नतता रही फरार रहेका रविका पूर्व सहकर्मी समेत रहेका जिवी राईलाई पक्राउ गर्ने आश्वासन प्रधानमन्त्री दाहालले दिएका थिए ।