images
images
images

सुहाङ नेम्वाङ इलाम २ मा एमाले उम्मेदवार

काठमाडौँ – एमालेले इलाम २ को प्रतिनिधिसभाको उपचुनावमा सुवाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सुवास नेम्वाङका छोरा सुहाङलाई टिकट दिने निर्णय गरेको हो।

गत वर्ष भएको चुनावमा नेम्वाङ निर्वाचित भए पनि गत भदौ २६ गते निधन भएपछि रिक्त स्थानम वैशाख १५ गते उपचुनाव हुँदैछ। निर्वाचन आयोगले चैत २४ गते मनोनयनको मिति तोकेको छ।

एमाले इमालले चैत ४ गते सुहाङसहित ६ जनाको नाम सफारिस गरेको थियो।

सुहाङ एमालेको कानुन विभागका सदस्य छन्।