images
images
images

मनिष मिश्रा लोसपाको महासचिवमा मनोनीत

लोकतान्त्रिक समाजवादी पार्टीले मनिसकुमार मिश्रालाई महासचिवमा मनोनीत गरेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीका नेता मिश्रलाई संशोधित बिधानअनुसार पार्टीको केन्द्रीय सचिव पदबाट महासचिव पदमा मनोनयन गरेका हुन्।

ठाकुरले देश, मधेश र पार्टीको हितमा मिश्रको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि लोसपामा महासचिवमा अभिराम शर्मा, केशवकुमार झा, डा सुरेन्द्रकुमार झा, परमेश्वर साह, कवीन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्र कुमार झा, देवेन्द्र यादव, विनोद सिंह, अभय सिंह, जयनुल राइन, अनिल महासेठ उपेन्द्र महतो र अमर यादव पनि छन्।