धनगढी उपमहानगरका मेयर गाेपाल हमालकी छाेरी भारतबाट सम्पर्कविहीन

धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालकी छाेरी भारतबाट सम्पर्कविहीन भएकी छन्।

हमालले जेठी छोरी आरती साेमबारदेखि सम्पर्कविहीन भएकोले खाेजीमा सहयोग गरिदिन आग्रह गरेका छन्।

हमालले ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छाेरी जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाे उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा गोवा बस्नेले खोजी कार्यमा सहयोग गरिदिन उनले अपिल गरेका छन्।