images
images

डा. आरजु राणाको स्वास्थ्य अवस्था सुधाराेन्मुख

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाे जनाइएकाे छ।

आरजुका स्वकीय सचिव कमल रावलले विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएका हुन्।

थाइराइडसम्बन्धी समस्याबाट पीडित राणाकाे नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार शल्यक्रिया भएको थियाे।

उनले अझै केही समय अस्पतालमै उपचार गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

आरजुले शल्यक्रियामा खटिने चिकित्सककाे टाेलीलाई धन्यवादसमेत दिएकी छन्। उनले विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँदिल्लीमा उपचार गराउँदै आएकी थिइन्।

विज्ञप्ति: