images
images

उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

काठमाडौं,१६ चैत । आसन्न उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपा प्रवेश गरेका पत्रकार मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन् ।

माओवादी केन्द्रमा आवद्ध रहेकाउ नी पार्टीामा राजीनामा नदिईनै रास्वपामा प्रवेश गरेको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

पार्टीबाट राजीनामा नै नदिई उपचुनाव लड्न अर्को पार्टी प्रवेश गरेपछि उनलाई प्रेस सेन्टरले बर्खास्त गरेको छ । बिहीबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै लिम्बूलाई संगठनबाट बर्खास्त गरेका हुन् ।

‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बुले संगठनको नीति, विधि, विधान र आचरणविपरित विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनीक अभिव्यक्ति दिने तथा अनुशासनविपरित गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकोले संगठनको अनुसासन समितिको सिफारिसमा आजकै मितिदेखी सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि मिलनसँगै एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बन्दैछन् । सुहाङ स्वर्गीय सुवासका कान्छा छोरा हुन् ।