images
images

इलाम-२ मा आज उम्मेदवारी घोषणा गर्दै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवार घोषणा गर्दैछ। रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

 

रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौतारा बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो।

कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी र सहप्रवक्ता रमेश प्रसाईँलगायतले सम्बोधन गर्नेछन्। कार्यक्रमका लागि नेताहरू शुक्रबार नै इलाम पुगिसकेका छन्।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।