लेखनाथमा बस दुर्घटना, २ जना घाइते

पोखरा- पोखरा महानगरपालिका- २८ लेखनाथको आरुपाटामा बस दुर्घटना भएको छ। दुर्घटनामा २ जना दुर्घटना भएका छन्।

लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए।

उनका अनुसार बसमा यात्रु थिएनन्।

घाइते चालक र सहचालकलाई उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ल्याइएको छ।

‘चालकका अनुुसार ब्रेक फेल भएर दुर्घटना भएको हो,’ प्रहरी निरीक्षक रानाले भने।

दुर्घटनाग्रस्त बस सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।