एसईई परीक्षामा चिट चोराइएको विषयको दोष सीडीओ, एसपी र निरीक्षकले लिनुपर्छ : सांसद झा

काठमाडौं( राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद मनिष झाले मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू, एसपीहरू र निरीक्षकले लिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले  भने, ‘मधेसले पहाडलाई पढाउनका लागि कुनै बेला उक्लिने गथ्र्यो । तर अहिले मधेस आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ । यसको दोष मधेसले किन खेप्दैछ ?’

सांसद  झाले यसको दोषी मधेसी नभएको बताए । ‘काठमाडौँमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ? उनले भने, ‘किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सीडीओ, एसपी र अरु अधिकारीहरु हुन् । त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिइयोस् ।’ 

उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटीका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि उनले स्पष्ट पारे ।

चैत्र १५ गतेदेखि सुरु भएको एसइई परीक्षा २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।