विद्यालय मनोपरामर्श दाताको व्यवस्था गर्न सांसद एकनाथ ढकालको माग

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले विद्यालय मनोपरामर्शदाताको व्यवस्था गर्न सरकार संग माग गर्नु भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले अपाङ्गता भएको व्यक्तिको मानब अधिकार सम्बन्धि महासन्धि २००६ को नेपाल पक्ष राष्ट्र रहेको र मानसिक स्वास्थ्य अधिकारको सम्मान, संरक्षण, तथा परिपूर्ति गर्नु राज्यको दायित्व हो भन्नु भयो।

सांसद ढकालले नेपालमा मानसिक स्वास्थ्यको अवस्था निरन्तर जटिल र बिकराल हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै तथ्यांकले नेपालमा मानसिक समस्या बिगत दुइ दशकको तुलनामा ८०% सम्म बृद्धि भएको र करिब १० % जनसंख्यामा कुनै न कुनै मानसिक समस्या रहेको बताउनु भयो। सांसद ढकालले बर्ष भरिमा ७ हजारको मुर्त्यु आत्महत्या वाट भएको भन्दै युबयुबती सबैभन्दा बढी मानसिक समस्या
वाट प्रभावित देखिएको बताए ।सांसद ढकालले कतिपय मानसिक समस्या लागु औषधको प्रयोग संग पनि सम्बन्धित रहेको बताए।

सांसद ढकालले मानसिक समस्याको उपचारको प्रबन्ध प्राथमिकताका साथ् सरकारले गरोस भन्दै मनोबिमर्शकर्ता लगाएत आबस्यक जनशक्तिको उत्पादन, परिचालन र ब्यबस्थापन गरि बिद्धालयमा मनोपरामर्शदाताको व्यवस्था लागि सरकारले काम गरोस भनि सभामुख ज्यू मार्फत सरकार संग अनुरोध गर्नु भयो ।