उपनिर्वाचन: देउवाद्वारा कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्नेछ।

देउवाले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ। प्रतिनिधिसभामा इलाम- २ र प्रदेशसभामा बझाङ- १ मा उपनिर्वाचन हुन लागेकाे हाे। जसका लागि आज कांग्रेसले उम्मेदवारको तय गर्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।

इलाम- २ मा नेकपा एमालेले स्वर्गीय सुवासचन्द्र नेम्वाङका छाेरा सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइसकेको छ।

यसैगरी, नेकपा माओवादी केन्द्र, इलाम जिल्ला कमिटीले उम्मेदवारका रूपमा धिरेन शर्माको नाम केन्द्रमा सिफारिस गरिसकेको छ।