देश विकास गर्न र स्थिरता दिन कांग्रेस-एमाले एक हुनुपर्छः नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन्।

उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए। उनले गठबन्धनको सरकारले  देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे। उनले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताए।

अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उनले बताए । उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे ।

उनले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताए । उनले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताएका हुन् । उनले विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको बताए ।

उनले भने,’देश अफ्ठ्यारो परिस्थितिमा छ । त्यसको लागि अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली कांग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले । राजनीतिक स्थिरता पनि हुँदैन भन्नेकुरा त, हरेक प्रदेशमा आइसकेको छ । हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ । स्टेबल गभर्मेण्ट दिन जरुरी छ । पहिलो संविधान सभा चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन । संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’

कोशी प्रदेश सरकार अब के हुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए ।

कोशी सरकार विघटन भए मध्यावदीमा जाने स्पष्ट रहेको बताए । उनले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताए । उनले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गरे ।