रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास समितिमा पशुपति चौधरी नियुक्त

काठमाडौं : सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

त्यस्तै बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरिएको मन्त्री शर्माले बताइन्।