स्वतः निलम्बनमा भयो शाहीको सांसद पद

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा १ अर्ब बराबर बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ।

उक्त व्यवस्था अनुसार उनी निलम्बन भएपछि नेपाली कांग्रेसले फैसला नभएसम्मका लागि एक सांसद गुमाएको छ। यसअघि भ्रष्टाचार मुद्दामा निलम्बन भएका टेकबहादुर गुरुङको मुद्दामा सर्वोच्चले सांसद पद फूकुवा गरेको थियो।