गोरखा-२ बाट राजीनामा दिएर प्रचण्डजीले चुनाव लड्नु पर्छ – डा. बाबुराम भट्टराई

२२ चैत काठमाडौ । गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले संसद पदबाट राजीनामा गरेर नयाँ निर्वाचन लड्नुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनौती दिएका छन्।

गृह जिल्ला गोरखाका पत्रकारहरूसँगको भेटमा भट्टराईले एउटा पार्टीको मतले जितेर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुने हुँदा पुनः चुनाव लडेर जितेर जान चुनौती दिए।प्रचण्डजीले जुन गठबन्धनबाट चुनाव लड्नुभो। अर्थात् चुनावपूर्वको जुन गठबन्धन छ।

त्यसलाई अर्को चुनावभन्दा पहिले छोड्नु त राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन,’ उनले भने, ‘उहाँले गठबन्धन परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभा’छ। तिनीहरूलाई त धोका दिएको ठहर्छ। राजनीतिकरूपले पनि त्यो अनैतिक ठहर्छ। त्यस्तो अबस्थामा उहाँले चुनाव जितेको क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’