काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा सत्ता पक्षको मुख्य सचेतकमा गोपीबहादुर सार्की अछामीमा नियुक्त गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २ (ज) बमोजिम संघीय संसद, राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा मनोनित गरेका हुन् ।